गृह मन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन्। उनले मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारी सम्हाल्दै आएको उल्लेख गर्दै पछिल्ला दिनहरूमा आफ्नो शेयरलगायत विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिएको बताएका छन्। पदभन्दा ठूलो नैतिकता र जनविश्वास रहेको उल्लेख गर्दै उनले देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको मागसँगै उठिरहेको Gen Z आन्दोलनले सार्वजनिक जीवन स्वच्छ र नेतृत्व उत्तरदायी हुनुपर्ने सन्देश दिएको बताएका छन्।

गुरुङले ४६ जना सहिदहरूको बलिदानीबाट बनेको सरकारप्रति उठेका प्रश्नहरूको जवाफ नैतिकतामै खोज्नुपर्ने बताएका छन्। आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा ‘conflict of interest’ नदेखियोस् भन्ने उद्देश्यले उनले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको जनाएका छन्।

उनले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी पूरा गरेको उल्लेख गर्दै सञ्चारकर्मी, आम नागरिक र युवाहरूलाई सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा उभिन अपिल गरेका छन्। साथै, सार्वजनिक जीवनमा पारदर्शिता कायम राख्न सबै पक्षले त्याग र नैतिक साहस देखाउनुपर्नेमा उनले जोड दिएका छन्।

Avatar
Website |  + posts