प्युठान — राष्ट्रिय स्वतन्त्र पार्टी प्युठानको पदाधिकारी चयनका लागि जारी मतदानको मतगणना विवरण सार्वजनिक भएको छ। कुल २०४ मत खसेकोमा हालसम्म ९५ मत गणना सम्पन्न भएको छ भने १ मत बदर भएको निर्वाचन समितिले जनाएको छ।
प्रारम्भिक मतगणनाअनुसार सभापति, उपसभापति तथा अन्य पदहरूमा प्रतिस्पर्धा तीव्र देखिएको छ।
#### **सभापति पद**
* बिकास पोखरेल : ७४ मत
* बम बहादुर सुनार : २० मत
#### **उपसभापति पद**
* केशव महतरा : ७५ मत
* दल बहादुर के.सी : १८ मत
#### **सचिव पद**
* यज्ञविर पाण्डे : ४८ मत
* बल बहादुर महतरा : ४० मत
#### **सहसचिव पद**
* मदन कुमार पोखरेल : २१ मत
* ओमहरि भट्टराई : ५८ मत
#### **सदस्य पदहरू**
* बिशाल पौडेल : ५४ मत
* शिशिर रिजाल : ३४ मत
* शंकर भण्डारी : ३७ मत
* मदन भण्डारी : २७ मत
* रेगम बहादुर पुरी : २७ मत
* खुम बहादुर खत्री : ४ मत
* मिनराज सुवेदी : ७ मत
मतगणना जारी रहेकोले अन्तिम परिणाम आउन बाँकी छ। प्रारम्भिक परिणामले केही पदहरूमा स्पष्ट अग्रता देखिए पनि अन्तिम नतिजा फेरबदल हुन सक्ने सम्भावना रहेको निर्वाचन स्रोतले जनाएको छ।

