विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता फिफा विश्वकप पहिलो पटक सन् १९३० मा उरुग्वेमा सुरु भएको थियो। दोस्रो विश्वयुद्धका कारण १९४२ र १९४६ मा आयोजना हुन नसके पनि त्यसयता हरेक चार वर्षमा नियमित रूपमा हुँदै आएको यस प्रतियोगिताले विश्वभरका करोडौं फुटबल समर्थकको मन जित्दै आएको छ।

हालसम्म ब्राजिलले सर्वाधिक पाँच पटक विश्वकप जितेको छ भने जर्मनी र इटालीले समान चार–चार पटक उपाधि जितेका छन्। अर्जेन्टिनाले तीन पटक, फ्रान्स र उरुग्वेले दुई–दुई पटक तथा इंग्ल्याण्ड र स्पेनले एक–एक पटक विश्वकपको उपाधि उचालेका छन्।

यसपटकको फिफा विश्वकप २०२६ इतिहासकै सबैभन्दा ठूलो संस्करणका रूपमा आयोजना भइरहेको छ, जसमा पहिलो पटक ४८ राष्ट्र सहभागी भएका छन्। अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा भइरहेको प्रतियोगिताले विश्व फुटबलमा नयाँ अध्याय थपेको छ।

आज विश्वभरका फुटबल समर्थकको ध्यान फिफा विश्वकप २०२६ को महाफाइनलमा केन्द्रित छ। साविक विजेता अर्जेन्टिना र स्पेनबीच हुने उपाधि भिडन्त नेपाली समयअनुसार आज राति १२:४५ बजे सुरु हुनेछ। अर्जेन्टिना चौथो विश्वकप उपाधिको खोजीमा रहेको छ भने स्पेन दोस्रो पटक विश्व च्याम्पियन बन्ने लक्ष्यका साथ मैदान उत्रिँदैछ। करोडौं समर्थकले प्रतीक्षा गरेको यो खेलले विश्व फुटबलको नयाँ च्याम्पियन तयगर्नेछ।

Avatar
Website |  + posts