काठमाडौं । नेपाली कांग्रेसका सभापति **गगन थापाले** सर्लाहीको गोडैता नगरपालिका–१०, सिसौटियाका ३५ वर्षीय युवा **विवेक मण्डल**को आत्मदाहको प्रयासपछि उपचारका क्रममा भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै सभापति थापाले स्वर्गीय मण्डलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको हो।

सभापति थापाले यो अपूरणीय क्षतिको पीडा सहन परिवारलाई धैर्य र शक्ति प्राप्त होस् भन्ने कामना गर्दै यस कठिन घडीमा आफू शोकसन्तप्त परिवारको साथमा रहेको उल्लेख गर्नुभएको छ। साथै उहाँले स्वर्गीय विवेक मण्डलका सन्तानहरूको शिक्षा–दीक्षामा निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता परिवारलाई जानकारी गराइसकेको पनि फेसबुक स्टाटसमार्फत सार्वजनिक गर्नुभएको छ।

 

Avatar
Website |  + posts