सुवास क्षेत्री -दाङ
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ स्वतन्त्र विद्यार्थी युनियन दाङले आयोजना गरेको दाङ जिल्ला खुल्ला क्याम्पस पुरुष भलिबल प्रतियोगिता-२०८० सम्पन्न भएको छ।
आज भएको फाइनल खेलमा सिद्ध रत्ननाथ र राप्ती शिक्षा क्याम्पस बिचको खेलमा ३-१ को सेटमा पराजित गर्दै सिद्ध रत्ननाथ क्याम्पसले स्ववियु कप-२०८०को उपाधि हात पार्न सफल भएको हाे । साथै दोस्रो स्थान हासिल गर्न सफल राप्ती शिक्षा क्याम्पस र तेस्रो स्थान हासिल गर्न सफल महेन्द्र बहुमुखी क्याम्पस भएका थिए ।
बिधागत पुरुस्कार तर्फ :-
बेस्ट स्पाइकर : हितेश राम्जाली (राप्ती शिक्षा )
बेस्त सेटर : गणेशमान चौधरी (सिद्ध रत्ननाथ )
बेस्ट ब्लकर : आर्यामान चौधरी (सिद्ध रत्ननाथ)
बेस्ट सर्बर : विकास बि .क ( राप्ती शिक्षा)
बेस्ट लिब्रो : अभिषेक ओली ( महेन्द्र )
बेस्ट कोच : मनोज केसी (सिद्ध रत्ननाथ )
भएका छन ।
महेन्द्र बहुमुखी क्याम्पसको खेल मैदानमा भएको प्रतियोगितामा दाङ जिल्ला भरिका १५ वटा क्याम्पस बाट सहभागिता रहेको थियो। प्रतियोगितामा सहभागी १५ टिमलाई २ वटा पोलमा विभाजन गरी नकआउटका आधारमा खेलाइएको प्रतियोगिता चैत्र ८,९ र १० गते सम्पन्न संचालन भएकाे हाे ।
प्रतियोगितामा प्रथम हुनेले नगद रु चालिस हजार ट्रफि, मेडल र प्रमाण–पत्र, द्धितिय हुनेले नगद रु बीस हजार ट्रफि, मेडल र प्रमाण–पत्र र तृतिय हुनेले नगद रु दश हजार ट्रफि, मेडल र प्रमाण–पत्र पाएका छन् ।
