सुवास क्षेत्री दाङ जिल्ला क्याम्पसस्तरीय स्ववियु कप भलिबल प्रतियोगिता–२०८० काे फाईनल खेल आज हुने भएको छ। स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस दाङको आयोजनामा सञ्चालन भएकाे सेमिफाइनल खेलमा राप्ती शिक्षा क्याम्पस ले ज्ञान दिप कलेजलाई ३-० काे साेझा सेटमा हराउँदै फाईनल प्रबेस गरेकाे हाे भने सिद्ध रत्ननाथ क्याम्पसले महेन्द्र बहुमुखी क्याम्पस लाई ३-० काे साेझाे सेटमा हराउँदै फाईनल प्रबेस गरेकाे हाे।

प्रतियोगिताको प्रथम हुनेले नगद रु चालिस हजार ट्रफि, मेडल र प्रमाण–पत्र, द्धितिय हुनेले नगद रु बीस हजार ट्रफि, मेडल र प्रमाण–पत्र र तृतिय हुनेले नगद रु दश हजार ट्रफि, मेडल र प्रमाण–पत्र पाउने छन् भन्ने उत्कृट ६ विदामा पनि पुरस्कार रहेको खेल आयोजक समितिको संयोजक सुरेश पोख्रेलले जानकारी दिए।
फाइल खेल दिउँसो ०१:०० बजेबाट शुरु हुने छ।

Avatar
Website |  + posts