प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको शनिबार भएको सवारी दुर्घटनामा दुःखद निधन भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार स्वर्गद्वारी–२ बाङ्गेसल्लाबाट धनवाङतर्फ जाँदै गरेको लु प्र ०१–००१ झ ०००८ नम्बरको नगरपालिकाको बोलेरो पिकअप जिप दुर्घटनामा परेको हो। अपराह्न करिब पौने ५ बजेतिर उपप्रमुख राना आफैंले चलाइरहेको जिप सडकबाट करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनाका बेला जिपमा उपप्रमुख राना एक्लै सवार रहेको प्रारम्भिक जानकारी छ। दुर्घटनामा उहाँको घटनास्थलमै निधन भएको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। उपप्रमुख राना मगरको असामयिक निधनले स्वर्गद्वारी नगरपालिका तथा समग्र प्यूठान जिल्ला शोकमा डुबेको छ।

Avatar
Website |  + posts