प्युठान — नौबहिनी गाउँपालिका अन्तर्गत सञ्चालित “Upgrading of Balle Mairamare Motor Bato” (09-NRM/NCB/W/2082/83) योजनाअन्तर्गत सडक स्तरोन्नति कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ।
उक्त सडक खण्डमा बेस (Base) निर्माण कार्य सम्पन्न भइसकेको र अब कालोपत्रे (Blacktopping) कार्य सुरु गरिने भएकाले निर्माण कार्यको गुणस्तर कायम राख्न तथा कार्यलाई सहज रूपमा सम्पन्न गर्न ** जेठ ३१ गतेदेखि असार ३ गतेसम्म** हेभी सवारी साधनहरूको सञ्चालन पूर्ण रूपमा रोक लगाइएको नौबहिनी गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले निर्माण कार्य सञ्चालन हुने अवधिभर सम्बन्धित सबै सवारी चालक, व्यवसायी तथा सर्वसाधारणलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ। साथै, सडक स्तरोन्नति कार्य सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सहयोग र सहकार्यका लागि सबैमा अपिल गरिएको छ।

