राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ सिफारिस गरिएका सांसदहरूको नाम सूची सार्वजनिक गरेको छ। पार्टीले संविधानअनुसार विभिन्न समुदाय र समावेशी समूहको प्रतिनिधित्व सुनिश्चित गर्ने गरी सूची तयार गरेको जनाएको छ। सूचीमा खस–आर्य, आदिवासी जनजाति, मधेसी, थारू, दलित तथा मुस्लिम समुदायका प्रतिनिधिहरू समेटिएका छन्।
खस–आर्य समूहबाट प्रतिभा रावल, रचना खतिवडा, लिमा अधिकारी, विद्युती राणा, समीक्षा बाँस्कोटा, श्रद्धा कुँवर, टीका संग्रौला, कान्ति रेखा धिताल, आकांक्षा अवस्थी, सन्धि भट्टराई, मञ्जु भुसाल, प्रभा कार्की, शोभा खनाल, रता कुमारी थापा, ज्ञानु पौडेल, प्रभा ढकाल र रमेश प्रसाईं रहेका छन्।
आदिवासी जनजाति समूहबाट वसुन्धरा तामाङ, गंगा छन्त्याल, सुनिमा उदास, अनुस्का श्रेष्ठ, ओजस्वी शेरचन, सिर्जना श्रेष्ठ, रजनी श्रेष्ठ, कुसुम महर्जन, भूमिका श्रेष्ठ, प्रमिला कुलुङ, सुजिता तामाङ, कृपा महर्जन, रेजिना गुरुङ, राम लामा, खुश्बु सरकार श्रेष्ठ र मित्रा राई शेर्पा समेटिएका छन्।
मधेसी समुदायबाट पुनमकुमारी अग्रवाल, निशा मेहता, ललिता कुमारी, अंकिता ठाकुर, सरिता महतो, कामिनी कुमारी, पुष्पोतम सुभगात यादव र खगेन्द्र कर्णको नाम सूचीमा रहेको छ।
त्यस्तै थारू समुदायबाट गीता चौधरी, करिश्मा कठरिया, सुरेन्द्र चौधरी र प्रेमलाल चौधरी रहेका छन्।
दलित समुदायबाट रिमा विश्वकर्मा, अमृता विक, सीता वादी, स्मृति सन्चुरी, सुष्मा स्वर्णकार, तारा विश्वकर्मा र खिमा विक समेटिएका छन्।
मुस्लिम समुदायबाट साबिना मिया, अफसाना बानु र गलाजा शमीम मिक्रानीलाई समानुपातिक सूचीमा राखिएको पार्टीले जनाएको छ।
पार्टीका अनुसार समानुपातिक प्रणालीमार्फत विभिन्न जातीय, लैंगिक तथा क्षेत्रीय समूहको प्रतिनिधित्व सुनिश्चित गर्दै समावेशी संसद् निर्माण गर्ने उद्देश्यले यो सूची सार्वजनिक गरिएको हो।

