प्युठान — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नौबहिनी गाउँपालिकाको प्रथम अधिवेशन आज सम्पन्न भएको छ। प्रमुख अतिथि डा. ओम हरी भट्टराई तथा विशिष्ट अतिथि श्रीधर पौडेल र बलबहादुर महतराको उपस्थितिमा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको हो।
अधिवेशनबाट पुरन पुन मगर सभापतिमा चयन हुनुभएको छ। त्यसैगरी उपसभापतिमा विजय केसी, सचिवमा नविन घर्ती मगर र कोषाध्यक्षमा वर्षा केसी चयन हुनुभएको छ। साथै ६ जना सदस्यहरू पनि सर्वसम्मत रूपमा चयन भएका छन्।

अधिवेशनले महाधिवेशन प्रतिनिधिमा शंकर भण्डारी तथा प्रदेश प्रतिनिधिमा कृष्ण केसीलाई चयन गरेको छ। यस्तै जिल्ला प्रतिनिधिहरूमा मधा सापकोटा, मदन भण्डारी, तानसेन केसी र चुमान सिंह खड्का चयन भएका छन्।
नवनिर्वाचित पदाधिकारी तथा प्रतिनिधिहरूलाई बधाई दिँदै अधिवेशनले संगठन विस्तार, सुशासन प्रवर्द्धन तथा जनतामुखी राजनीतिक अभियानलाई गाउँस्तरसम्म प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ। रास्वपाले समृद्ध र सुशासित नौबहिनी निर्माणका लागि जनतासँग सहकार्य गर्दै अघि बढ्ने जनाएको छ।

