प्युठानबाट प्रतिनिधि सभा निर्वाचन २०८२ मा निर्वाचित माननीय सुशान्त वैदिकले सरकार गठन तथा सम्भावित मन्त्रीहरूबारे विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा आइरहेका अपुष्ट समाचारप्रति ध्यानाकर्षण गराएका छन्। उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै हालसम्म पार्टीभित्र सरकार गठन वा मन्त्री चयन सम्बन्धी कुनै निर्णय नभएको स्पष्ट पारेका छन्।

वैदिकले आफ्नो नाम र व्यक्तिगत चरित्रमाथि समेत अनावश्यक तथा झुटा प्रचार गरिएको उल्लेख गर्दै पार्टीले आफ्ना निर्णयहरू निर्धारित विधि, प्रक्रिया र संस्थागत छलफलमार्फत मात्र गर्ने बताए। उनले अपुष्ट सूचना वा अनुमानका आधारमा आएका समाचारलाई सत्य मानेर नफैलाउन सबैमा अनुरोध गर्दै पत्रकारहरूलाई पनि सत्य र जिम्मेवार पत्रकारिताको धर्म निभाउन आग्रह गरेका छन्। साथै, आफ्नो सम्बन्धमा कुनै प्रश्न वा जिज्ञासा भए आफू वा आफ्नो सचिवालयमार्फत सोध्न सकिने पनि उनले बताएका छन्।

Avatar
Website |  + posts