
सुबास क्षेत्री -दाङ खुमबहादुर खड्का स्मृति समाज विकास समितिको आयोजनामा जारी पालिकास्तरीय भलिबल प्रतियोगितामा लिगकम नकआउटका सबै खेल सकिएका छन्।
आज बिहान बंगलाचुली गाउँपालिका र राप्ती गाँउपालिका बिच भएकाे पहिलाे खेलमा २-० साझाे सेटमा बंगलाचुली बिजयी भएकाे छ भने शान्तिनगर गाउँपालिका र लमही नगरपालिका बिच भएको खेलमा शान्तिनगरले २-० काे सेटमा जित निकालेको छ ।
समुह ए बाट राप्ती र बंगलाचुली गाउँपालिका सेमिफाईनल प्रवेश गरेका छन । यसैगरी, समुह बी बाट घोराही उपमहानगरपालिका र शान्तिनगर गाउँपालिका सेमिफाईनल प्रवेश गरेका हुन् ।
सेमिफाइनल खेलहरू आज दिउँसो हुने छैन। सेमिफाइनल खेल वेस्ट अप फाईप हुने आयोजकले जनाएको छ साधै सेमिफाइनल पछि सबै खेलबाट म्यान अफ दी म्याच घाेषणा गरिनेछ।
प्रतियोगिताको विजेता टिमले उपाधिसँगै नगद दुई लाख पच्चिस हजार रुपैयासहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी द्वितीय हुने टिमले १ लाख २५ हजार, तृतीय हुने टिमले नगद ५० हजार र सान्त्वना हुने टिमले नगद २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । गत वर्ष घोराही उपमहानगरपालिकाले उपाधि जितेको थियो ।