प्युठान निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुशान्त वैदिकले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा विजयी हासिल गरेका छन्। वैदिकले २७ हजार ४६९ मत ल्याउँदै सबै प्रतिस्पर्धीलाई पछि पारेका हुन्। उनका मुख्य प्रतिद्वन्द्वी गोविन्दराज पोखरेल (नेपाली कांग्रेस) १८ हजार ३३८ मतसहित दोस्रो स्थानमा रहे।
तेस्रो स्थानमा सूर्य थापा (नेकपा एमाले) १६ हजार ७१० मतसहित सीमित भए। प्युठानका १ लाख ६५ हजार ४०६ मतदाता मध्ये ८४ हजार ४३३ मत खसेका थिए, जसमा ८१ हजार १४६ मत सदर र ३ हजार २८७ मत बदर भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ।

