दाङमा लुम्बिनी प्रदेशको आयोजनामा ‘मुख्यमन्त्री कप’ प्रदेशस्तरीय भलिबल प्रतियोगिता चैत २५ देखि २८ गतेसम्म सञ्चालन हुने भएको छ । प्रदेश खेलकुद परिषद् लुम्बिनीका अनुसार प्रतियोगिताका लागि सबै तयारी पूरा भइसकेको छ । प्रत्येक जिल्लाबाट महिला तथा पुरुष टिम सहभागी हुनेछन्, जसमा प्रत्येक टिममा १० जना खेलाडी र एक जना प्रशिक्षक रहने व्यवस्था गरिएको छ ।

खेल अन्तर्राष्ट्रिय भलिबल महासंघको नियमअनुसार लिगकम नकआउट प्रणालीमा सञ्चालन गरिनेछ भने प्रतियोगिताको उद्घाटन मुख्यमन्त्री चेतनारायण आचार्यले गर्ने कार्यक्रम रहेको छ । प्रदेशका सबै जिल्लाको सहभागिताले प्रतियोगिता थप प्रतिस्पर्धात्मक र आकर्षक बन्ने विश्वास गरिएको छ ।

प्रतियोगितामा विजेताले नगद रु. १ लाखसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने द्वितीयले रु. ६५ हजार, तृतीयले रु. ३५ हजार र सान्त्वना हुने टिमले रु. १५ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीलाई रु. १० हजार तथा उत्कृष्ट पाँच विधाका खेलाडीलाई जनही रु. ५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित सञ्चालन हुने प्रतियोगिताले भलिबल खेलको विकास र खेलाडीको क्षमता अभिवृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको

छ ।

Avatar
Website |  + posts