काठमाडौं — पूर्व प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सार्वजनिक जिम्मेवारीको एक महत्त्वपूर्ण अध्याय औपचारिक रूपमा समाप्त भएको जानकारी दिएकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफ्नो कार्यकालको अनुभव साझा गर्दै कठिन र चुनौतीपूर्ण परिस्थितिमा राष्ट्रको नेतृत्व गरेको उल्लेख गरेकी छन्।

कार्कीले सबै पक्षको सहकार्य, समन्वय र संयमका कारण निर्धारित समयमै निर्वाचन सम्पन्न गर्न सफल भएको बताएकी छन्। उनले लोकतन्त्रप्रति जनताको अटुट विश्वास र सक्रिय सहभागिताले देशलाई सही दिशातर्फ अघि बढाएको उल्लेख गरेकी छन्।

उनले अब जननिर्वाचित नयाँ नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न पाउँदा आफू निश्चिन्त भएको जनाउँदै नयाँ पुस्ताको ऊर्जावान् नेतृत्वले देशलाई अझ समृद्ध र स्थिर भविष्यतर्फ डोर्‍याउने विश्वास व्यक्त गरेकी छन्।

यस यात्रामा साथ, सहयोग र विश्वास प्रदान गर्ने सम्पूर्ण नेपाली नागरिक, सहकर्मी तथा सरोकारवालाप्रति उनले हार्दिक आभार व्यक्त गरेकी छन्।

Avatar
Website |  + posts