प्युठान प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत दिउँसो २:१५ बजेसम्मको मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुसान्त वैदिक १८,५५४ मतसहित अग्रस्थानमा रहेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा. गोविन्दराज पोखरेल ले १४,०११ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का उम्मेदवार सूर्य बहादुर थापा क्षेत्री ले १३,४४२ मत पाएका छन्। यसअनुसार वैदिकले पोखरेललाई ४,५४३ मतले तथा थापालाई ५,११२ मतले पछि पारेका छन्। पोखरेल र थापाबीच भने ५६९ मतको अन्तर रहेको छ।

यस्तै अन्य उम्मेदवारतर्फ नेपाली कम्युनिष्ट पार्टीका कृष्णध्वज खड्का (तारा) ले ६,२४३ मत प्राप्त गरेका छन् भने राष्ट्रिय जनमोर्चाका तिलक बहादुर जी.सी. (गिलास) ले ५,५८६ मत पाएका छन्। त्यसैगरी माटो चुनाव चिन्हले ५१२, गुलाफ ले ४१२ र हलो ले २५५ मत प्राप्त गरेका छन्। हालसम्म कुल ६१,६४५ मतगणना सम्पन्न भएको छ भने २,६५४ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।

Avatar
Website |  + posts