जिल्ला प्रशासन कार्यालय प्युठानले फागु पूर्णिमा (होली) पर्वलाई मर्यादित, अनुशासित र व्यवस्थित ढङ्गले मनाउन सबैमा आग्रह गरेको छ। सामाजिक व्यवहार (सुधार) ऐन तथा नियमावली, २०३३ बमोजिम धार्मिक तथा सांस्कृतिक पर्वहरू नियमन गरी मनाउनुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै सार्वजनिक स्थानमा होहल्ला, झैझगडा, मादक पदार्थ सेवन, कसैको इच्छा विपरीत रङ्ग वा पानी छ्याप्ने तथा उच्छृङ्खल गतिविधि नगर्न प्रशासनले सचेत गराएको छ।

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई मध्यनजर गर्दै निर्वाचन आचारसंहिता, २०८२ अनुसार दल वा उम्मेदवारको निर्वाचन चिन्ह तथा तस्वीर अंकित भेष्ट, टि–सर्ट, कमिज, गम्छा लगायतका सामग्री प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको जनाइएको छ। घर–आँगनभित्र पारिवारिक रूपमा पर्व मनाउन रोक नभए पनि सार्वजनिक स्थानमा भिडभाड, मेला–महोत्सव, सांगीतिक कार्यक्रम तथा आचारसंहिताविपरीत गतिविधि गरेमा प्रचलित कानून बमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ।

Avatar
Website |  + posts