नेपाली कांग्रेसले आउँदो प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि खटाएको छ। पार्टीले निर्वाचन तयारी, संगठन सुदृढीकरण र उम्मेदवार समन्वयलाई प्रभावकारी बनाउन केन्द्रबाट प्रतिनिधि परिचालन गरेको हो।
लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देही, पाल्पा, नवलपरासी र गुल्मी जिल्लाका लागि डा. गोपाल दहित, गहेन्द्र गिरी, प्रदीप शर्मा र राजेन्द्रगोपाल सिंहलाई केन्द्रीय प्रतिनिधिका रूपमा जिम्मेवारी दिइएको छ।
यस्तै कपिलवस्तु, अर्घाखाँची, रूकुम पूर्व, प्यूठान र रोल्पा जिल्लाका लागि कृष्णकिशोर घिमिरे, मैकुलाल वाल्मिकी, छन्दबहादुर पहराई र केशव आचार्यलाई खटाइएको नेपाली कांग्रेसले जनाएको छ।
पार्टीका अनुसार केन्द्रीय प्रतिनिधिहरूले जिल्लामा संगठन सुदृढीकरण, चुनावी रणनीति निर्माण तथा स्थानीय नेतृत्वसँग समन्वय गरेर निर्वाचन अभियानलाई थप प्रभावकारी बनाउनेछन्।
