प्यूठान । प्यूठानको बिकास,समृद्धी र जेनजी आन्दोलनको माग पुरा गर्ने जिम्मेवारी नेपाली कांगे्रसको काँधमा आएको प्रतिनीधी सभाका उम्मेदवार प्रा. डा. गोबिन्दराज पोख्रेलले बताएका छन् । गौमुखी गाउँपालिकाका अगुवा कार्यक्रता भेटघाट कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । प्यूठान जिल्लामा जसरी बिकास तथा समृद्धि हुनुपर्ने हो सोहि अनुसार नभएका र जिल्लावासीले बिजयी गराए जिल्लाको मुहार फेर्ने गरी काम अगाडी बढाउने बताए । जसरी लुम्बिनी प्रदेशका सहरी बिकास तथा खानेपानीमन्त्री सरोज थापाले जिल्लाको बिकासमा काम सुरु गर्नुभएको छ त्यसैगरी आफुले पनि जिल्लाका सबै क्षेत्रको बिकास गर्ने बताए ।
‘सरोज थापाले बिकासको काम थाल्नु भएको छ त्यसमा हातेमालो गर्दै जिल्लालाई बिकसित जिल्लाको हैसियतमा पु¥याउने छुँ’ उनले भने,‘त्यसका लागी प्यूठानी जनताले सांसदका रुपमा जिताउनेछन् ।’
आफु राष्ट्रिय योजना आयोगको उपाध्यक्ष सुरु गरेको आयोजनालाई अगाडी बढाउने बताए । जिल्लामा रोजगारीका अवसर सिर्जना गर्ने तथा नौमुरे जलबिद्युत परियोजना सम्पन्न गरी रोजगारी प्रदान गर्ने र भालुबाङ्ग–बाग्दुला–ठुलाबेसी– बाग्लुङ्ग भिमगिठे सडक निर्माण गरी पर्यटकीय गतिबिधी बढाउने, जिल्लालाई भारत र चीनको ब्यापारिक केन्द्रको रुपमा बिकास गर्ने बताए ।

