पाली युवा क्रिकेट टोलीले आज १२ औँ एएफसी यु–१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु–१९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको हो। जारी प्रतियोगिताको पहिलो खेलमा नेपाल ८ विकेटले पराजित हुँदै २८.५ ओभरमा अलआउट भएर मात्र ८२ रनमा समेटिएको थियो।
अर्कोतर्फ साविक विजेता बंगलादेशले अफगानिस्तानविरुद्ध २ सय ८४ रनको लक्ष्य पछ्याउँदै ३ विकेटको रोमाञ्चक जित निकालेको थियो। अर्को समूहमा भारतले दुई खेल जित्दा युएई र पाकिस्तानले समान एक–एक खेल जितेका छन् भने मलेसिया जितविहीन छ। एसियाली क्रिकेट काउन्सिल (एसिसी) का पूर्ण सदस्य राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान स्वतः तथा प्रिमियर कपका शीर्ष तीन टोली युएई, नेपाल र मलेसिया एसिया कपमा सहभागी छन्। नेपाली टोलीमा कप्तान अशोक धामी, उपकप्तान निरज यादवसहित १५ खेलाडी समावेश छन्।

