केशर बहादुर के सी

प्युठान सेवा समाज दोहा कतारले आफ्नो १६औं स्थापना दिवसको अवसरमा जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीहरूका लागि अक्षयकोष स्थापना गरेको छ। “प्यूठानीहरूको एकता, मिलीजुली र सहकार्यको आवश्यकता” भन्ने मूल नाराका साथ सन् २००९ मा स्थापना भएको यस संस्थाले समाजसेवामार्फत जिल्लाको शैक्षिक क्षेत्रमा योगदान दिँदै आएको छ।

सोही क्रममा समाजका संरक्षक कमल आचार्यले २०८२ कार्तिक १३ गते ऐरावती गाउँपालिका–१ स्थित श्री पालु सिद्ध प्राथमिक विद्यालयका प्रधानाध्यापक यम बहादुर आचार्यलाई अक्षयकोष स्थापनाको लागि रु ५१,१५१ (अक्षरुपी एकाउन्न हजार एक सय एकाउन्न रुपैयाँ) हस्तान्तरण गर्नुभएको हो।

रकम हस्तान्तरण कार्यक्रममा ऐरावती गाउँपालिका–१ का वडा अध्यक्ष अमर रेश्मी मगर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर आचार्य, विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति थियो।

कार्यक्रमले प्यूठानी समुदायबीचको सहकार्य र शिक्षा क्षेत्रमा सहयोगी भावनालाई अझ सुदृढ बनाएको बताइएको छ।

 

Avatar
Website |  + posts