तिहारको मुख्य दिन आज देशभर दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई दीर्घायु, आरोग्य र ऐश्वर्यको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई भाइटीका पर्व मनाउँदै छन्। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यो वर्ष तिथि वृद्धि भएर छैटौँ दिन भाइटीका परेको हो। शुभ साइत बिहान ११ बजेर ३९ मिनेटलाई उत्तम मानिएको छ।
धार्मिक मान्यताअनुसार दिदीबहिनी पूर्व र दाजुभाइ पश्चिम फर्किएर टीका लगाउँदा चन्द्रमा तुला राशिमा सम्मुख पर्ने भएकाले शुभ मानिन्छ। टीका लगाइसकेपछि दिदीबहिनीले ओखर, मसला र सेलरोटी लगायतका परिकार दिएर माया प्रकट गर्छन् भने दाजुभाइले गच्छेअनुसार कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने परम्परा रहिआएको छ।
