चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा ठूलो पहिरो खस्दा यातायात अवरुद्ध भएको छ। करिब १६० मिटर लम्बाइ, १० मिटर चौडाइ र १६ मिटर उचाइको पहिरो सडकमा खसेपछि सडकमा पहाडजस्तै बनेर बसिरहेको प्रहरीले जनाएको छ।
सडक अवरुद्ध भएकाले पहिरो पन्छाउन कम्तीमा ५–६ घण्टा लाग्ने अनुमान गरिएको छ। यसै क्रममा प्रहरीले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।
पहिरो पन्छाउने काम तीव्र गतिमा जारी रहेको र सडक खुल्नेबित्तिकै थप जानकारी दिने सम्बन्धित निकायले जनाएको छ।

