काठमाडौं । सर्वोच्च अदालतको आदेश र मन्त्रिपरिषद्को निर्णयअनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल र ओटीटी प्लेटफर्महरू आजदेखि निष्क्रिय गरिने भएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पटक–पटक ताकेता गर्दा पनि दर्ता नगरिएका प्लेटफर्मलाई आजैदेखि बन्द गर्ने तयारी गरेको जनाएको छ । मन्त्रालयले निष्क्रिय गरिने संजालहरूको सूचीसहितको सूचना सार्वजनिक गर्ने तयारी गरेको स्रोतले जानकारी दिएको छ ।

Avatar
Website |  + posts