प्यूठान – हिन्दू नारीहरूको महान् पर्व तीज भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिनसम्म धुमधामका साथ मनाइँदैछ।

तीजको अवसरमा महिलाहरूले भगवान शिवको पूजा–आराधना गर्ने, ब्रत बस्ने, नाचगान गर्ने परम्परा रहेको छ। यस पर्वलाई प्रारम्भमा हिन्दू महिलाहरूले मात्र मनाउँदै आए पनि पछिल्ला वर्षहरूमा अन्य धर्म तथा जातजातिका महिलाहरूले पनि हर्षोल्लासपूर्वक मनाउन थालेका छन्।

धार्मिक विश्वास अनुसार, हिमालयकी पुत्री पार्वतीले भगवान शिवको दीर्घायु र स्वास्थ्यका लागि पहिलो पटक व्रत बसेकी थिइन्। त्यही दिनलाई हरितालिका तीजका रूपमा स्मरण गर्दै महिलाहरूले आजसम्म पनि यो पर्व निरन्तरता दिँदै आएका छन्।

नेपालभर मनाइने यो पर्व भारतका केही क्षेत्रमा पनि उतिकै श्रद्धा र भक्तिभावका साथ मनाइन्छ। महिलाहरूको स्वतन्त्रता, भक्ति र मनोरञ्जनसँग जोडिएको यो पर्वलाई सभ्य र भव्य तरिकाले मनाउन विभिन्न सामाजिक संस्थाहरूले आह्वान गरेका छन्।

Avatar
Website |  + posts