खाेलामा डुबेर दाङमा बालककाे मृत्यु भएकाे छ । जिल्लाकाे तुलसीपुर उपमहानगरपालिका-११ सुकौराका ६ वर्षिय बालक रमेश चौधरीकाे घर नजिकैको डुरे खोलामा डुबेर शुक्रबार साँझ मृत्यु भएकाे हाे ।

घटनापछि परिवारले बालकलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगेको भए पनि, डुबेर अशक्त भएका उनको उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले घटनाको विषयमा आवश्यक अनुसन्धान थालेको जनाएको छ।

Avatar
Website |  + posts