काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलबाट फर्किएका विपिन जोशीकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीसँग भेट गरेका छन्। विपिनको सकुशल रिहाइका पहलका क्रममा उनीहरू नेपाली दूतावासको समन्वयमा इजरायली राष्ट्रपति र संसदका अध्यक्षसँग भेट गरेर स्वदेश फर्किएका हुन्।

भेटका क्रममा प्रधानमन्त्रीले विपिनको रिहाइका लागि सरकारले कुनै पनि कसर बाँकी नराखेको स्पष्ट पार्नुभएको छ। उहाँले कूटनीतिक तहमा भइरहेको पहलबारे जानकारी दिँदै छिट्टै सकारात्मक परिणाम आउने आशा व्यक्त गर्नुभएको छ।

