प्युठान । प्युठानको राजनीतिमा ठूलो हलचल मच्चिनेगरी एकैपटक २५६ जना विभिन्न दल छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्।
जनमोर्चा, नयाँशक्ति हुँदै पछिल्लो समय नागरिक स्वतन्त्र मञ्च बनाएर सक्रिय रहेका जिल्ला विकास समिति (जिविस) का पूर्वसभापति कर्णध्वज केसी, नेपाली काँग्रेस क्षेत्र ‘क’ का उपसभापति रेशमबहादुर ठेडी, एमालेका दलबहादुर केसीलगायत काँग्रेस, एमाले, माओवादीसहितका दलका नेता तथा कार्यकर्ताले पार्टी प्रवेश गरेका हुन्।
पार्टी प्रवेश कार्यक्रमलाई रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी र प्रदेश अध्यक्ष देवराज पाठकले संयुक्त रूपमा सम्बोधन गर्दै नयाँ सदस्यलाई स्वागत गरेका थिए। उनीहरूले प्रवेशकर्तालाई सदस्यता प्रमाणपत्र प्रदान गरेका थिए।

महामन्त्री बुर्लाकोटीले रास्वपालाई “सबै नेपालीको केन्द्र”को रूपमा अगाडि बढाउने बताउँदै, अब जनताको समस्या समाधानमा प्रतिवद्ध भएर अघि बढ्ने घोषणा गरे। प्रदेश अध्यक्ष पाठकले भने प्युठानमा भएको ठूलो संख्याको प्रवेशले देशव्यापी सन्देश दिएको दाबी गर्दै रास्वपाप्रतिको विश्वास र जनलहर तीव्र रूपमा फैलिँदै गएको बताए

