भगवान् श्रीकृष्णको जन्मदिन ‘श्रीकृष्ण जन्माष्टमी’ आज देशभर पूजा–आराधना, भजनकीर्तन र व्रत गरी मनाइँदैछ। द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा जन्मिनुभएका श्रीकृष्णलाई ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिन्छ। आजका दिन कृष्ण मन्दिरहरूमा विशेष पूजाआजा, प्रवचन र जाग्राम बस्ने परम्परा छ। सत्य र धर्मको पक्षधर श्रीकृष्णले अर्जुनलाई उपदेश दिनुभएको श्रीमद्भागवत गीता विश्वकै सर्वाधिक भाषामा अनुवाद भएको पवित्र ग्रन्थ मानिन्छ। पौराणिक कथाअनुसार, उहाँले कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार पनि गर्नुभएको उल्लेख छ

