नेपाल  एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको छ। अष्ट्रेलियामा भएको टप एण्ड टी–२० सिरिजमा एनटी स्ट्राइकले दिएको १७८ रनको लक्ष्य पछ्याउँदै नेपाल २० ओभरमा ८ विकेट गुमाएर १३५ रनमा सीमित भयो। कुशल मल्लले सर्वाधिक ३४ रन बनाए।

 

बलिङमा सन्दीप लामिछानेले ३, साहब आलमले २ तथा रुपेश सिंह, दिपेन्द्र ऐरी र रोहित पौडेलले १–१ विकेट लिए। एनटी स्ट्राइकका लागि डार्सी शर्टले ५१ रन बनाए। नेपालले अर्को खेल शनिबार बंगलादेश ‘ए’ विरुद्ध खेल्नेछ।

Avatar
Website |  + posts