रूपन्देही कारागार कार्यालयले सहकारी ठगीसम्बन्धी मुद्दामा थुनामा रहेका पूर्वउपप्रधानमन्त्री रवि लामिछानेको सुरक्षाका लागि छुट्टै कोठामा बसोबासको व्यवस्था गरिएको जनाएको छ।
कारागार प्रशासक सुरेश भण्डारीको विज्ञप्तिअनुसार लामिछाने चार महिनादेखि भैरहवा कारागारमा छन्। समय–समयमा उहाँसँग भेट गरी आवश्यकताबारे सोधपुछ गरिने र देखिएका समस्या समाधान गरिने पनि उल्लेख छ।
कारागारलाई संवेदनशील क्षेत्र भएकाले यसबारे गम्भीर रहन सबैलाई अनुरोध गरिएको छ।


