काठमाडौं — नेकपा एमालेका सांसद सूर्य थापाले भैरहवा कारागारमा रहेका एक व्यक्तिको पक्षमा चलाइएको हस्ताक्षर अभियानलाई ‘नाटकीय’ र ‘राजनीतिक प्रपोगाण्डा’ भन्दै आलोचना गरेका छन्।
प्रतिनिधिसभामा सोमबार बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सभापति रवि लामिछानेलाई लक्षित गर्दै सो अभियान अदालतको निर्णयमा असर पार्न नसक्ने दाबी गरे।
“अदालतले संख्यामा होइन, तथ्य र प्रमाणमा फैसला गर्छ,” थापाले भने, “अदालतको आदेश हस्ताक्षरले बदल्न सक्दैन।”
उनले यस्ता अभियानलाई ‘राजनीतिक प्रचार’ र ‘रोटी सेक्ने’ प्रयास भन्दै लोकतान्त्रिक मूल्य र अदालतको स्वतन्त्रतामाथि हस्तक्षेप भएको बताए।

