कपिलवस्तु — पूर्व–पश्चिम राजमार्गअन्तर्गत गोरुसिंगे जंगलमा एम्बुलेन्स र बिंगर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
सोमबार साँझ करिब ४ बजे अर्घाखाँचीबाट बुटवलतर्फ जाँदै गरेको एम्बुलेन्स र चन्द्रौटातर्फ जाँदै गरेको लु १ ज ४२८० नम्बरको बिंगर एकआपसमा ठोक्किएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ।
दुर्घटनामा परेकी अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ की ९५ वर्षीया इन्द्रकला रानाको उपचारका क्रममा मृत्यु भएको हो। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेकाले बुटवल रिफर गरिएको छ भने अन्यको कपिलवस्तु सामुदायिक अस्पताल, युनाइटेड अस्पताल र सि एण्ड सि अस्पतालमा उपचार भइरहेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

