प्युठान । गौमुखी गाउँपालिकाको अर्खा लामीडाँडा र देउराली रजवारालाई जोड्ने झोलुङ्गे पुलको निर्माण सम्पन्न भएको छ।

३ सय ७३ दशमलव ८० मिटर लामो र १८० मिटर अग्लो यो पुल जिल्लामै सबैभन्दा लामो तथा अग्लो मानिएको छ।

पुल सञ्चालनमा आएपछि झन्डै डेढ घण्टाको उकालो–ओरालो यात्रा अब २०–२५ मिनेटमै तय गर्न सकिने भएको छ।

गाउँपालिका अध्यक्ष विष्णु गिरीका अनुसार पुल बनेपछि स्थानीयको यात्रा सहज र सुरक्षित बनेको छ।

२०८१ साल जेठमा २ करोड ७२ लाख ७४ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। निर्माण कार्य योजना अधिकारी/अपर तामाकोसी जेभीले सम्पन्न गरेको हो। पुलचोकस्थित सस्पेन्सन ब्रिज डिभिजनले प्राविधिक सुपरिवेक्षण गरेको पुलले भौतिक पहुँचसँगै पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने स्थानीयको अपेक्षा छ।

“पुल बनेपछि दृश्यावलोकनका लागि घुम्न आउनेहरूको चाप बढेको छ,” स्थानीय केदार थापाले बताए।

Avatar
Website |  + posts