प्युठान, जेठ २६ — संघीय सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि प्युठान जिल्लाभित्र रहेका ९ वटै पालिकालाई कूल ३ अर्ब ५४ करोड ४१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको बजेट विवरणअनुसार, यसमध्ये २ अर्ब ९१ करोड २७ लाख रुपैयाँ चालु खर्चतर्फ र ६३ करोड १४ लाख रुपैयाँ पूँजीगत खर्चतर्फ विनियोजन गरिएको हो।

 

यसैबीच, नौबहिनी गाउँपालिकाले कूल ३८ करोड ७९ लाख रुपैयाँको बजेट प्राप्त गर्ने भएको छ। चालु खर्चतर्फ ३४ करोड ३९ लाख रुपैयाँ र पूँजीगत खर्चतर्फ ४ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ । स्थानीय सरकारहरूले प्राप्त बजेटलाई प्राथमिकता र योजनाको आधारमा उपयोग गर्ने तयारी गरिरहेका छन्।

Avatar
Website |  + posts