गुजरातले दिल्ली क्यापिटल्सलाई१० विकेटको फराकिलो अन्तरमा हरायो। दिल्लीको जित‌मा शुभमन गिल र साइ सुदर्शनको सानदार साझेदारी गरे।

गुजरातको जितमा रोयल च्यालेन्जर्स पन्जाब (आरसिबी) र पन्जाब सुपर किङ्स पनि प्ले अफमा प्रवेश गरेका छन्।

जितको लागि २ सय रनको चुनौति गुजरातले १९ ओभरमा विना कुनै विकेटको नोक्सानीमा पुरा गर्दै १० विकेटको सानदार जित दर्ज गर्यो।

ओपनरद्वय शुभमन र सुदर्शनले सानदार शैलीमा गुजरातलाई एकपक्षीय जित दिलाए। दिल्लीका कुनै पनि बलरले यी दुई खेलाडीलाई आउट गर्न सकेनन्।

शुभमनले ६१ बलमा १२ चौका र ४ छक्कासहित अविजित १ सय ८ रन जोडे। शुभमनले ५३ बलमा अविजित ९३ रन बनाए। यो सँगै गुजरातले १० विकेटको जित हात पार्यो।

त्यसअघि अरूण जैटली स्टेडियममा टस जितेर गुजरातले दिल्लीलाई ब्याटिङको लागि मैदानमा उतार्यो। निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ९९ रन बनायो।

ओपनर फाप डु प्लेसिस ५ रनमा आउट हुँदा दिल्लीले १६ रन बनाएको थियो। तर अर्का ओपनर केएल राहुल र अभिषेक पोरेलले दोस्रो विकेटको लागि ९० रनको साझेदारी गरे।

अभिषेक ३० रन जोडेर साइ किशोरको बलमा आउट भए। अक्षर पटेल २५ रनमा समेटिए। केएल राहुल भने क्रिजमा जमे। उनले शतकीय पारी खेले।

केएलले ६० बल खेल्दै १२ चौका र ४ छक्का सहित शतकीय सफलता प्राप्त गरे। उनले बिष्फोटक ब्याटिङ गर्दै अविजित १ सय १२ रनको तारिफयोग्य प्रदर्शन गरे। ट्रिस्टान स्टब्स अविजित २१ रनमा रहे।

बलिङमा गुजरातको लागि अर्सद खान, प्रसिद्ध कृष्णा र साइ किशोरले समान १ विकेट लिए।

यो जितमा गुजरात १८ अंक सहित शीर्षस्थानमा उक्लिदै प्ले अफमा प्रवेश गरेको छ। समान १७ अंक बनाएका आरसिबी र पन्जाब पनि प्ले अफमा पुगे।

अब दिल्ली, मुम्बई र लखनउ मध्ये एक टिम प्ले अफमा पुग्नेछन्। मुम्बईसँग १४, दिल्लीसँग १३ र लखनउसँग १० अंक रहेको छ। लखनउले १० खेल खेलेको छ।

Avatar
Website |  + posts