काठमाण्डौ, ४ जेठ, । सरकारले विवाहका लागि लागु गरिएको उमेरहदबन्दीमा केही हेरफेर गर्ने तयारी गरेको छ । विवाहका लागि उमेर र किशोर–किशोरीबीचको यौनसम्बन्धलाई लचिलो बनाउने गरी मुलुकी अपराध संहितामा संशोधन प्रस्ताव गरेको छ । अहिले २० वर्ष नपुगी गरिएको विवाह स्वतः बदर हुने व्यवस्था छ । तर प्रस्तावित संशोधनले १६ वर्षमाथिका किशोर–किशोरीको विवाह बदर नहुने मार्ग प्रशस्त गर्दैछ ।

 

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले हालै सार्वजनिक गरेको मुलुकी अपराध संहिता संशोधनको मस्यौदामा भनिएको छ, ‘१६ वर्ष उमेर पुगेका व्यक्तिले आपसी मञ्जुरीमा विवाह गरी २० वर्ष उमेर नपुगेसम्म अलग–अलग बस्न मञ्जुर भएमा निजलाई अनुसन्धान अधिकारीले कागज गराई छाड्न सक्नेछन् ।’ वर्तमान मुलुकी अपराध संहिता १ भदौ २०७५ देखि लागु भएको थियो, जसमा २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नपाउने व्यवस्था छ ।

Avatar
Website |  + posts