लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशनको चौथो बैठक आज दिउँसो १ बजे बस्दै छ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा दुई वटा विषयहरू रहेका छन् ।

प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले आजको बैठकमा प्रदेश सभा सदस्यहरूले विशेष समयमा बोल्ने र आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सामाजिक कर सम्बन्धी विधेयकलाई दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने बताउनुभयो ।

सभामुख तुलाराम घर्तीमगरले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ ।।

Avatar
Website |  + posts