दाङको तुलसीपुरमा पानीको ड्याममा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिम घर भई अहिले तुलसीपुर–१७ झिंगै स्थित साथीको घरमा आएका १६ बर्षीय भुपेन्द्र बिक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार हिजो मात्रै दाङ आएका भुपेन्द्र साथीको घरमा बसेर आज बिहान खाना खाएर अन्य ३ जना साथीसँग तुलसीपुर–१८ मा रहेको सिचाई गर्नका लागी बनाइएको पानीको ड्याममा नुहाउन गएको अवस्थामा दिउँसो १ बजेको समयमा डुबेर वेपत्ता भएका थिए । वेपत्ता बालकको खोजतलास गर्ने क्रममा केहीबेर अघि शव फेला परेको प्रहरीले जनाएको छ ।।

Avatar
Website |  + posts