५८ वर्षको उमेरमा ४६ वर्षीया महिलासँग विवाह गरेको २ महिनापछि हत्या । शंकरापुर- ९ को घटना हो यो ।

५८ वर्षीय पदमबहादुर तामाङले २ महिनाअघि विवाह गरेकी ४५ वर्षीया माइती तामाङको गए राति हत्या गरेका छन् ।

हत्यापछि पदमबहादुर फरार छन् । रामेछापको खाणादेवी ७ उनको स्थायी ठेगानाहो हो।

उनीहरू त्यहाँ कृषिकार्य गरी जिविकोपार्जन गर्थे । मृतक माइली राति पूर्वपति तर्फका दुई सन्तानसँग सुतेकी थिइन् ।

राति साढे ९ बजे पदमबहादुरले पत्नीमाथि खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुई बच्चा गम्भीर घाइते छन् । एक ११ र अर्को १० वर्षका उनीहरूलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ ।

पदमबहादुरले पत्नी आफूसँग सुत्न नआएको झोकमा हत्या गरेको प्रहरीको अनुमान छ ।

Avatar
Website |  + posts