
रुपन्देहीको बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ । बुटवल उपमहानगरपालिका–११ बुद्धनगरका २९ वर्षीया टिका विष्टमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रंजितसिंह राठौरले जानकारी दिए ।
उनका अनुसार खाजा घर चलाउने विष्टको ढाडमा गोली लागेको र उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । गोली प्रहार गर्ने युवक फरार रहेको प्रहरीले जनाएको छ।