काठमाडौं । रास्वपा सहमहामन्त्री सुमना श्रेष्ठले दिएको राजीनामाले रास्वपाभित्र हलचल ल्याएको छ । सभापति रवि लामिछाने जेलमा भएका बेला श्रेष्ठले दिएको राजीनामाले राष्ट्रिय स्वतन्त्र पार्टी अब संकटको बाटोमा अघि बढेको आसंक ागर्न थालिएको छ । यसले सभापति रवि लामिछानेसहित अन्य नेताहरुलाई समेत अप्ठेरोमा पारेको छ ।

राजीनामा पत्रमा आफू हालसालै देश दौडाहामा रहेका बेला पार्टीप्रतिको आशा नदेखेको बताउँदै भन्नुभएको छ, “पुराना दलले हाम्रो पार्टीलाई सहकारी ठगीको लेबल चिर्न हामीले प्रतिशोध साँधेको नारामात्रै अघि बढायौँ । पार्टीका दुई प्रदेशका पालिका तहका पदाधिकारीहरु सबैलाई राखेर सामान्य तथ्यांक संकलनको काम दिँदा पनि कसैले सो काम सुरु नगरेकाले पनि स्पष्ट हुन्छ, हामीले पार्टी बन्नको लागि र डेलिभरी दिनको लागि कति लामो यात्रा तय गर्नुपर्ने छ ।”

श्रेष्ठलले लेखेको राजीनामा पत्रमा पदाधिकारीसँग सल्लाह नगरी महत्वपूर्ण निर्णय आधिकारिक स्रोतबाट नभई अरुबाट थाहा पाउनुपर्ने स्थिति भएकाले पद दिएर पनि कुनै वजन नभएको महसुस गरेको बताउनु भएको छ ।

Avatar
Website |  + posts