चैत्र २३ दाङ सुवास क्षेत्री
दाङको घोराहीमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिताको फाइनल पाल्पा र रुपन्देही प्रवेश गरेका छन ।
प्रदेश खेलकुद परिषद, लुम्बिनीको आयोजनामा जारी भएको प्रदेश स्तरीय प्रतियोगिता अन्तरगत शनिबार विहान भएकाे पहिलाे सेमिफाइनलमा राेल्पालाई पाल्पाले ३-१ काे सेटमा हराउदै फाईनल प्रवेश गर्ने पहिलो टिम बनेकाे हाे । त्यसैगरि दाेस्राे सेमिफाइनल रुपन्देही र बाके बिच कडा प्रतिसप्रर्दा भएकाे खेल रुपन्देहीले ३-२ काे सेटमा बाके बिरुद्ध जित निकाल्दै फाईनल प्रवेश गर्ने दास्राे टिम बनेको छ ।

फाईनल खेल पाल्पा र रुपन्देही खेल्ने छन भने तेस्रो स्थानकाे लागि राेल्पा र बाके खेल्ने छन् । फाईनल खेल आजै १२:४५ बाट सुरु हुने आयाेजकले जानकारी दिएकाे छ ।

प्रतियोगिताको उपाधि जित्ने टीमले नगद एक लाख, मेडल, ट्रफी र प्रमाण–पत्र पुरस्कार पाउने छ भने उपविजेता टीमले नगद पैसट्टी हजार, मेडल, ट्रफी र प्रमाण–पत्र पुरस्कार पाउने आयोजक प्रदेश खेलकुद परिषदका सदस्य कैलाश रोका मगरले बताउनुभयो । यसैगरी, तृतीय पुरस्कार नगद पैतिस हजार, मेडल, ट्रफी र प्रमाण–पत्र र सान्त्वना हुने टीमले नगद पन्ध्र हजार प्रमाण–पत्र प्राप्त गर्ने उहाँले बताउनुभयो ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद दश हजार, मेडल, ट्रफी र प्रमाण–पत्र प्रदान गरिनुका साथै ६ विधामा उत्कृष्ट हुने खेलाडीलाई पनि जनही पाँच हजार, मेडल, ट्रफी र प्रमाण–पत्र प्रदान गरिने उहाँले बताउनुभयो ।

