बाग्दुला, प्यूठान। झिमरुक बहुमुखी क्याम्पसमा आगामी चैत्र ५ गतेका लागि निर्धारण गरिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन प्रतिस्पर्धाविहीन बनेपछि सर्वसम्मत रूपमा टुंगिएको छ। उम्मेदवारी दर्ताको क्रममा कुनै प्रतिस्पर्धी उम्मेदवारी नपरेपछि सबै पदमा निर्विरोध चयन भएको हो।

 

निर्वाचित पदाधिकारीहरू:

सभापति: कमल रोका (अखिल समाजवादी)

सचिव: ईश्वर पुन मगर (अखिल समाजवादी)

कोषाध्यक्ष: दिपा वापा मगर (अनेरास्ववियू)

सदस्य: सरिता थापा (अनेरास्ववियू)

सदस्य: शुष्मा नेपाली (अनेरास्ववियू)

सदस्य: जित ब. बुढा (अखिल समाजवादी)

समानुपातिक तर्फ पनि अखिल समाजवादीको मात्र उम्मेदवारी परेपछि निर्विरोध चयन भएको छ।

Avatar
Website |  + posts