१९ फागुन, दाङ  सुवास क्षेत्री 

चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिता–२०८१ मा दश वटा टिम सहभागी हुने भएका छन् । जिल्लामा खेलकुद क्षेत्रको विकास र नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले नेपाली कांग्रेस दाङकाे आयोजनामा हुन थालेको चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगितामा प्रदेशका दश वटा टिमको सहभागीता हुने भएको हो ।

 

फागुनको २० गते मंगलवारदेखि सुरु हुन थालेको प्रतियोगितामा दाङको शान्तिनगर गाउँपालिका, दंगीशरण गाउँपालिकासँगै जिल्ला भलिवल संघ गुल्मी, मनिमुकुन्द भलिवल क्लव रुपन्देही, होराइजन स्पोर्टस क्लव बुटवल, प्वाङ सेवा समाज दाङ, ओली वंश समन्वय समिति दाङ, गोरखा स्कुल लमही, दाङ सोसाइटी क्लव घोराही र रोयल मुर्कुटी युवा क्लव बंगलाचुलीको टिम सहभागी हुने भएको नेपाली कांग्रेस दाङका सहसचिव तथा खुमबहादुर खड्का स्मृति समाज विकास समितिका संयोजक राजु आचार्यले जानकारी दिएका छन् ।

 

प्रतियोगितामा प्रथम हुने टिमले नगद दुई लाख ५१ हजार रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी दोश्रो हुने टिमले नगद एक लाख २५ हजार र तेश्रो हुने टिमले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने नेपाली कांग्रेस दाङले जनाएको छ । प्रतियोगिता घोराहीस्थित जिल्ला समन्वय समितिको मैदानमा हुने भएको छ ।

Avatar
Website |  + posts