रोल्पा —सनस्टार कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि पुलिस क्लबले जितेको छ । लिवाङमा बुधबार भएको फाइनलल खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै पुलिसले उपाधि हात पारेको हो ।
प्रतिस्पर्धात्मक खेलमा पुलिसले चारमध्ये तीन सेट जितेको हो । पुलिसले पहिलो सेट २५–१८, तेस्रो सेट २५–१४ र चौथो सेट २५–२३ ले जितेको हो ।
उपाधिसँगै पुलिसले ५ लाख राशिको पुरस्कार र सन स्टार कप प्राप्त गरेको छ । उपविजेता आर्मीले २ लाख ५० हजार पाएको छ ।

