राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सांसद रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेका छन्।

शुक्रबार रास्वपाका सांसदहरूसहित सिंहदरबार पुगेका लामिछाने र सभामुख घिमिरेबिच अहिले छलफल जारी छ।

लामिछाने सांसद पद निलम्बन फुकुवाको निवेदन लिएर सभामुख घिमिरेलाई भेट्न भएको बताइएको छ। निलम्बन गैर कानुनी र प्रतिनिधि सभा नियमावली विपरीत रहेको दाबीसहित लामिछानेले निलम्बन फुकुवाका लागि आग्रह गरेको बताइएको छ।

Avatar
Website |  + posts