पोखरा – पाँचाैँ टागर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत आज चार खेल हुँदैछन् ।
अस्ति शनिवारदेखि शुरू भएको प्रतियोगिताको तेस्रो दिन आज महिलातर्फ दुई र पुरुषतर्फ दुई खेल हुने तालिका छ । अब लिगचरणका खेल हुनेछ ।
सबै टोलीले एक/एक खेल खेलेपछि अहिले जित्ने र हार्ने टोलीको छुट्टाछुट्टै समूह बनेका छन् । ती समूहअन्तर्गत लिग खेल हुनेछ । एउटै समूहमा रहने टोलीले एक अर्कासँग खेल्नेछन् ।
पोखरा रङ्गशालाको भलिबल कोर्टमा अहिले महिलातर्फ जित्ने समूहका न्यू डायमन्ड स्पोर्ट्स क्लब र शसस्त्र प्रहरी बल एपीएफ खेल्दैछन् ।

