काठमाण्डौ – नेपालमा पहिलोपटक आउने फागुनमा हुन लागेको नेपाल भलिबल लिगको लोगो र नारा सार्वजनिक भएको छ ।

 

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र आयोजक केडिया ग्रुपका अध्यक्ष विमल केडियाले संयुक्त रुपमा राष्ट्रको झण्डा झल्किएको लोगो र ‘उचाइको नयाँ उडान’ नाराको हिजो सार्वजनिक गर्नुभएको हो ।

 

कार्यक्रममा मन्त्री चौधरीले निजी क्षेत्रको आकर्षणले नेपाली खेलकुद क्षेत्रको विकासमा सघाउ पुग्ने बताउनुभयो ।

 

केडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत अश्विन केडियाले लिगमा विभिन्न ६ टोलीको सहभागिता रहने जानकारी दिनुभयो । प्रतियोगिता सञ्चालनको मिति र टोली भने चाँडै सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

 

पुरुष भलिबलको फ्रेन्चाइज लिगका लागि नेपाल भलिबल सङ्घ र केडिया ग्रुपबीच यसअघि नै ७ वर्षका लागि सम्झौता भएको थियो ।

Avatar
Website |  + posts