काठमाण्डौ, २ मंसिर । आज काठमाण्डौ उपत्यकासहित देशभरको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौमा हल्का तुवाँलो लागेको छ भने तराईका केही ठाउँमा हुस्सु र कुहिरो लागेको छ ।

पश्चिमी वायुको आंशिक प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली छ । महाशाखाका अनुसार आज राति गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।।

Avatar
Website |  + posts